२०८१ चैत्र ३ गते आइतवार

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

तुलसीपुर, असोज २६ । गुडीरहेको गाडीवाट खसेर एकजना महिलाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं। ९ रिहार नजिकै आइतवार दिउँसो सवा २ बजेतिर गगुडिरहेको बा १ ञ २२३१ नम्वरको गाडीबाट खसेर बाँकेको कोहलपुर नगरपालिका वडा नं। १० निवासी ६६ बर्षीया गोमा सुवेदीको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रबक्ता राजकुमार बैदवारका अनुसार उक्त गाडी विद्युत प्राधिकरणको हो ।

चल्ति गाडीबाट लडेर गम्भीर घाईते भएकी सुबेदीको उपचाकरा क्रममा आइतवार बेलुका कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *