काठमाडौँ,असोज २६ । त्रिभुवन विश्वविद्यालयको समाज शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसरको टोलीले आइतबार रविन लामा र रूपेश साहलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए।
लामालाई प्रहरीले सिराहाबाट पक्राउ गरेको हो भने रूपेश काठमाडौंबाटै पक्राउ परेको उनले बताए। एसएसपी ज्ञवालीका अनुसर उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको छ।
‘अहिले उनीहरूसँग सोधपुछ गर्ने काम अघि बढेको छैन। कानुनी प्रकृया पुरा गरेर थप अनुसन्धान अघि बढ्छ,’ उनले भने।
गत असोज २० गते त्रिवि परिसरमा उपप्राध्यापक चलाउनेमाथि रड प्रहार भएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार