२०८१ चैत्र ३ गते आइतवार

यो दशैँमा राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

काठमाडौं, असोज २५। राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट नसाट्ने भएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै नोट नसाट्ने जानकारी दिएको हो । नोट साट्दा भीडभाड हुने र यसले कोरोना संक्रमण बढ्नसक्ने भन्दै नोट नसाट्ने भएको हो ।

बडादशैंको संघारमा आइपुग्दा विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण नेपालमा समेत तीव्र रुपमा बढ्दै गएको र नेपाल सरकारले सोको रोकथाम र नियन्त्रणका लागि तोकेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुमा बैंकहरुमा भीडभाड हुन नदिने विषय समेत उल्लेख भएको भन्दै नोट नसाट्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो ।

नेपालीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै बडादशैंको प्रयोजनका लागि नयाँ नोट साट्ने सुविधा प्रदान नगरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *