
काठमाडौं,असोज २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
पाटन अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । मन्त्रीलाई शनिबार ज्वरो आएपछि स्वाब परीक्षण गरेका थिए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।
प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
