२०८१ चैत्र ३ गते आइतवार

दाङमा बुटवलकी एक महिलाको कोरोनाबाट मृत्यु

असोज २४। दाङमा कोरोना संक्रमणबाट बुटवलकी एक महिलाको दाङमा मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु भएको छ। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वार्ड न. ३ घर भएकी ६६ वर्षीया महिलाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका प्रमुख डा सर्वेश शर्माले जानकारी दिए।

शर्माका अनुसार उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। ‘भैरहवा मेडिकल कलेजले शुक्रबार मात्रै ती महिलाको उपचारका लागि दाङ रिफर गरेको थियो। भैरहवामा आइसियु बेड खाली नभएर त्यहाँबाट बेलझुण्डी कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो। महिलामा दीर्घ रोगसमेत रहेको शर्माले बताएका छन ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *