काठमाडौं, असोज २३। प्रधानमन्त्रीका केपी शर्मा ओलीका तीन जना सल्लाहकारले कोरोनालाइ जितेका छन । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल,परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापामा देखिएको कोरोना निको भएको छ।
थापाका अनुसार पछिल्लोपटक गरिएको तीनै जना सल्लाहकारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरूका परिवारका सदस्यको पनि रिपोर्ट नेगेटिभ आएको छ। थापाले फेसबुकमार्फत् उक्त जानकारी दिँदै एक साता बित्दानबित्दै कोरोनाबाट निको भएको उल्लेख गरेका हुन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले पनि आफू निको भइसकेको बताएका छन्। आफूमा कोरोनाको लक्षण पनि नदेखिएको उनले उल्लेख गरेका छन्।
परराष्ट्र सल्लाहकार भट्टराईले पनि आफू कोरोनामुक्त भएको बताएका छन्। उनीहरू बिहीबार कोरोनामुक्त भएका हुन्। उनीहरूमा गत असोज १७ गते कोरोना पुष्टि भएको थियो।
