२०८१ चैत्र ६ गते बुधवार

जहाँ बजारको भन्दा मिठो र स्वास्थ्यकर पेडा खान पाइन्छ

दंगिशरण, असोज २२ । तपाँई पश्चिम दाङको पोटली र बागरको पेडा पसल पुग्नु भएको छ ? यदी पुग्नु भएको छ भने सायद तपाँईको जिब्रोले पनि त्यहाँको पेडाको टेष्ट सायदै भुलेको होला । पोटलीमा ६७ बर्षीय कृष्णप्रशाद भट्टराई र बागरमा ४४ बर्षीय रमेशकुमार डाँगीले पेडा बनाउन थालेको तीन दशकको हाराहारी पुगिसकेको छ । जहाँ आजपनि उनीहरुको पसलहरुमा पेडाका पारखीहरुको उत्तिकै आकर्षण रहने गर्छ ।

पश्चिम दाङमा कुनै सार्वजनिक कार्यक्रम भयो भने र फुर्सद मिल्यो भने यी दूई पसलमा थाहाँ पाएकाहरु अधिकाँस पेडा खान पुग्छन् । एक पिसको दश रुपैंया पर्ने पेडा जति खाएपनि खाउँ खाउँ लाग्ने हुन्छ ।गाउँमै शुद्ध दूधबाट मात्रै बनाइने पेडा निर्माण हुन्छ भन्ने थाहाँ नपाउनेहरु भने बजारमा आएर मिठाई पसलका रंगिविरंगी मिठाई खाने गर्छन ।

जो देख्दा आर्कषक देखिएपनि स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिदैन । तुलसीपुर बजारदेखि झन्डै ९ किलोमिटर पश्चिममा पोटली गाउँमा भट्टराईको पेडा पसल छ । यो दंगिशरण गाउँपालिका वडा नं. ५ पोटली गाउँमा पर्छ । डाँगीको मिठाई पसल भने बागरमा छ । बागर दंगिशरण ६ मा पर्छ । यी दूई पसल बीचको दूरी बढीमा एक किलोमिटर पनि छैन ।

पश्चिम दाङमा पेडा बनाउने पहिलो व्यक्ति भने भट्टराई हुन । उनका बुवा खोपीरामले समेत सल्यान छँदै पेडा बनाउँथे । दाङको पोटलीमा २०२० को दशकमा बसाई सरेर आएपछि पनि उनले पेडा बनाउन छोडेनन् । त्यति बेलादेखि भट्टराईको पेडा पसल निरन्तर चल्दै आएको छ । यो सञ्चालन भएको ७० बर्ष भन्दा बढी भइसकेको छोरा अर्जुन भट्टराईले बताए । भट्टराई परिवारमा पेडा पसल पुस्तान्तरण हुँदै आएको छ ।

कृष्णप्रसाद भट्टराई । तस्बिर : राजेश खत्री।

उनको सिको गर्दै बागरका डाँगीले पेडा बनाउन थालेको पनि ३० बर्षजति पुगिसकेको छ । डाँगीका अनुसार उनले २०४५ सालदेखि पेडा बनाउँदै आएका छन् । पेडा बचेर उनीहरुले दैनिक ५ सयदेखि १५ सयसम्म फाइदा हुने गरेको जानकारी दिएका छन् ।

भट्टराई र डाँगी दुबै जनाले हाल २०÷२० लिटर दूधवाट दैनिक पेडा बनाउने गरेको जानकारी दिएका छन् । विहानै ५ बजेदेखि दूध पकाउन सुरु गर्ने उनीहरुलाई पेडा बनाउन ५÷६ घन्टा लाग्ने गरेको अनुभव उनीहरुले साटेका छन् ।

भट्टराई र डाँगी दुबै जनाले आफुहरुले बनाउने पेडा बजारका मिठाई पसलहरुमा पाइने विभिन्न थरीका रंगिविरंगी मिठाई भन्दा मिठो र स्वास्थ्यकर समेत रहने गरेको दाबी गरेका छन् । उनीहरुले आफुहरुले बनाएको पेडा १५ दिनदेखि १ महिना दिन सम्म राखेपनि नविग्रने दाबी गरे ।

‘आफ्नो उत्पादन विक्रि गर्नका लागि दाबी जस्ले जस्तोपनि गर्न सक्छन् । त्यो सही हो कि हैन ? हाम्रो उत्पादन चाखेकाहरुलाई जानकारी राम्रो होल,’ बागरका डाँगीले भने ‘ नचाखेहरु पनि मौका मिल्यो भने पेडा चाखेर हेर्नुहोस अनि आफैं मुल्याङकन गर्नुहोस।’

पश्चिम दाङको पोटलीका भट्टराई र बागरका डाँगीले बनाउने पेडा पश्चिम दाङका साथै जिल्लाका प्रमुख बजार, बाहिरी जिल्लाहरु नेपालगञ्ज, बुटवल, काठमाडौं लगाएतका ठाउँमा जाने आउनेहरुले कोसेलीको रुपमा उनीहरुले उत्पादन गरेको पेडा किनेर लैजाने गरेको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *