तुलसीपुर ,असोज २२ । विद्यलायमै शिक्षकवाट दुर्व्यवहार खेपेकी शिक्षिकाले बिहीवार प्रहरीमा गएर लिखित उजुरी दर्ता गरेकी छन् । ती शिक्षिकाले जिल्ला प्रहरी कार्यालय घोराहीमा गएर आफुलाई दुर्व्यवहार गर्ने शिक्षक विरुद्ध नैतिकता विरुद्धको कसुरमा मुद्दा दिएकी छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले पीडितको जाहेरी अनुसार मुद्दा दर्ता गरिएको जानकारी दिए ।
घोराहीस्थित शिद्धार्थ बोर्डिङ स्कूलका शिक्षक रामकुमार रानाले सोही स्कूलकी एक शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बुधवार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।२३ बर्षीय शिक्षक राना घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी हुन ।
शिक्षक रानाले भिडियोमा ती शिक्षिकालाई आफ्नो गुप्ताङ्गमा कैंची राखेर निकाल्न भन्दै दुर्व्यवहार गरिहेको भिडियोमा देखिन्छ । पीडितको ठाडो जाहेरीका आधारमा बुधवार दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो । ती शिक्षक पक्राउ परेको दोस्रो दिन पीडितले प्रहरीमा गएर उनका विरुद्ध लिखित जाहेरी दिएकी हुन । घटनावारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।
यो पनि पढ्नुहोस
दुर्व्यवहारको भिडियो भाइरल भएपछि घोराहीका एक शिक्षक पक्राउ