२०८१ चैत्र ६ गते बुधवार

दुर्व्यवहारको भिडियो भाइरल भएपछि घोराहीका एक शिक्षक पक्राउ

 


दाङ,असोज २१ । विद्यलायमै शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घोराहीका एक शिक्षक पक्राउ परेका छन् । घोराहीस्थित शिद्धार्थ बोर्डिङ स्कूलका शिक्षक रामकुमार रानालाई दुब्र्यवहारको भिडियो भाइरल भएपछि बुधवार जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २३ बर्षीय शिक्षक रानाले सोही स्कूलकी एक शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । भिडियोमा ती शिक्षकले शिक्षिकालाई आफ्नो गुप्ताङ्गमा कैंची राखेर निकाल्न भन्दै दुर्व्यवहार गरिहेको देखिएको छ ।

भिडियो भाइरल भएपछि बल्ल घटना सार्वजनिक भएसंगै पीडितको ठाडो उजुरी समेतको आधारमा दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए । दुर्व्यवहार खेपेकी शिक्षिकाले बुधवार सम्म प्रहरीमा आएर जाहेरी भने दिएकी छैनन् ।

घटनावारे अनुसन्धान हुन बाँकी नै रहेको डिएसपी खड्काले जानकारी दिए । प्रहरी स्रोतका अनुसार घटना केही समय पहिलेको हो । भिडियो भाइरल भएसंगै घटना सार्वजनिक भएको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *