२०८१ चैत्र ४ गते सोमवार

रुपन्देहीका दुई हजार बढी नेकपा सदस्यले गरे पार्टी परित्याग

बुटवल,असोज २० । प्रदेश सरकारले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङको भालुबाङ सार्नका लागि संसदमा पेश गरेको प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरुले जनभावना अनुरुप पार्टी नचलेको, औचित्य विना प्रदेशको राजधानी सार्न खोजिएको, निर्वाचनको प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

रुपन्देहीका विभिन्न ३५ वटा संघसंस्थाका २ हजार २ सय ४९ जना नेकपाका कार्यकर्ताले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन्।

होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए।

नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए।

उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *