२०८१ चैत्र ४ गते सोमवार

नेपालमा २ हजार २५३ नयाँ सङ्क्रमित थपिए

१ हजार ३२९ जना डिस्चार्ज

काठमाण्डौ,असोज १८ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेको छ ।

गएको २४ घण्टामा दुई हजार दुई सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार सात सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ५३ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार तीन सय २९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६४ हजार ६९ पुगेको छ ।

अब नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *