काठमाडौं, असोज १८ । गगन थापा सहित कांग्रेसका ३ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ। नेपाली कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो। त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआर टेष्टको रिपोर्ट आएको थियो ।
केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अन्य केहीलाई पनि संक्रमण भएको आशंका गरिएको छ।
प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार