२०८१ चैत्र ९ गते शनिवार

दाङ राजधानी हुने भएपछी बुटवलमा चार दिन निषेधाज्ञा जारी

असोज १८। बुटवलमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न/गराउन रोक लगाइएको छ भने पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गर्न पाइने छैन ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्कन थालेपछि जिल्ला प्रशासनले रुपन्देहीले निषेधाज्ञा जारी गरेको हो । हिजो प्रशासनले सूचना निकालेर आज बिहान ६ बजेदेखि आउँदो २१ गते बेलुका ६ बजेसम्म हुने गरी निषेधाज्ञा लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।

प्रदेशसभा भवन रहेको क्षेत्र दक्षिणमा इँटा भट्टीचोक, उत्तरमा कालीका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालीका मन्दिरदेखि इँट्टा भट्टीचोकसम्मको कालीका पथ क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै मन्त्रालय रहेकाे दक्षिणमा सुन्दर चोक, उत्तरमा भड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेकाे दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *