२०८१ चैत्र ३ गते आइतवार

बलत्कार मानवता बिरुद्धको अपराध

दाङ, असोज १७। अहिंसा अन्तराष्ट्रिय अहिंसा दिवस आज अक्टोवर २ का दिन बिभिन्न कार्यक्रम गरि मनाईएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिले बलत्कार मानवता बिरुद्धको अपराध हो बिषयक अन्तरक्रिया गरेको छ । शान्ति समाले भर्चुअल मार्फत गरेको बलत्कारमा संलग्न दोषिहरुले उन्मूक्ति दिने जनप्रतिनिधि,प्रहरी प्रशासन,अगुवालाई समेत दण्डित गर्न आग्रह गरेको छ । यसका लागि शान्ति समाजले अभियान प्रारम्भ समेत गरेको जानकारी संस्थापक सभापति कृष्ण पहाडीले बताए ।

कार्यक्रममा बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले गत असोज ७ गते बझाङको मँष्टा गाँउपालिका वडा नम्वर २ खिकालीकाकी १२ बर्षिया सम्झना बिश्वकर्मालाई बलत्कार गरि हत्या गर्ने मस्टा गाउँपालिका-२ खिकालाका राजेन्द्र बोहरालाई पक्राउ गरि कारर्बाही प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

शान्ति समाजका संस्थापक सदस्य कृष्ण कँडेलले गत साउनमा पनि बोहराले पानीघट्टमा अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भइसकेको र घटनापछि मिलापत्र भएको बाहिर सार्बजनिक भएकाले यस्तो घटनाका पीडित र पिडकलाई मिलापत्र गर्न नमिल्ने भनाई राखेका थिए ।त्यसअवसरमा शान्ति समाजका सचिब मदनबहादुर कुवँर,कोषाध्यक्ष रामकृष्ण बराल,रुपन्देही शाखा सभापति धनपति खनाल लगायतले आ आफ्ना बिचार राखेका थिए ।

कार्यक्रम बरिष्ठ उपसभापति गोबिन्द खनालको सभापतित्वमा भएको थियो भने सहजिकरण महासचिब सुशील बस्नेतले गरेका थिए ।सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्ँधीको जन्मजयन्तीको अवसरमा अंिहंसा दिवस आयोजना गरेको यिो । २००८ देखि १ सय ९३ राष्ट्रले अहिंसा दिवस मनाउन शुरु गरेका हुन ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *