तुलसीपुर,असोज १६ ।प्रदेश सभामा प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ देउखुरीको भालुबाङ राख्न प्रस्ताव दर्ता भएकोमा तुलसीपुर उद्योग वाणिज्यसंघले स्वागत गरेको छ । संघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा बसेको आकस्मीक बैठकले प्रदेशसभाको सो प्रस्तावको स्वागत गरेको हो ।
साथै बैठकले पांच नंवर प्रदेशको स्थाइ राजधानीका धेरै पुर्वाधारहरु भएको दाङको भुवनावट, वातावरणीय अवस्था, पर्यपर्यटन, धार्मिक एवं विविध जातिय संस्कृतिको विविधतासंगै दक्षिण एसियाकै सवै भन्दा ठुलो उपत्यकाका रुपमा चिनिने दाङ प्रदेशको राजधानी मात्र नभएर संघिय राजधानीकै लागी पनि उपयुक्त भएको ठहर गर्दै प्रदेशसभाको अर्को बैठकले नामाकरण तथा स्थाइ राजधानीको स्थानको प्रस्तावलाइ अनुमोदन गर्ने विश्वास लिएको छ ।
अब असोज १९ गते बस्ने प्रदेशसभाको बैठकमा यस प्रस्तावमाथी औपचारिक छलफल हुने र त्यसपछि निर्णयार्थ पेश हुने कार्यक्रम रहेको छ । प्रदेशका आन्तरिक मामिला तथामाकामा कानून मन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेका हुन् ।
‘हामी पांच नंवर प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी तथा मुख्यमन्त्री लगायत संपुर्ण प्रदेशसभालाइ हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं’, बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ । प्रदेशसभाले विवेकपुर्ण निर्णय गरेर स्थाइ राजधानीकालागी प्रस्तावीत भालुवाङलाइ औपचारीक रुपमा अनुमोदन गर्ने आफुहरुले अपेक्षा गरेको पनि विज्ञप्तीमा जनाइएको छ ।