२०८१ चैत्र ३ गते आइतवार

दाङको देउखुरी प्रदेशको स्थायी राजधानी र नाम लुम्बिनी राख्न प्रस्ताव

तस्बिर : राजेश खत्री

बुटवल,असोज १६ । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउन प्रस्ताव प्रदेशसभामा शु्क्रवार दर्ता भएको छ । प्रदेश सरकारले त्यस्तो प्रस्ताव दर्ता गरेको हो ।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा उक्त प्रस्ताव पेस गरेका हुन ।

उनको प्रस्तावमा दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव गरिएको छ ।तर यो प्रस्ताव प्रदेश सभाबाट पास भएपछि मात्रै प्रदेशको स्थानी राजधानी र नामको टुंगो लाग्छ ।

प्रदेश सभाको आगामी बैठक असोज १९ गते बस्ने गरि बोलाइएको छ ।त्यसअघि शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने तथा नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको थियो ।यो निर्णय संगै अब प्रदेश राजधानी कहाँ रहने भन्ने टुंगो लागेको छ ।

प्रदेश राजधानी दाङलाई बनाउने कि रुपेन्देहीलाई बनाउने भन्ने विषयमा मतभेद हुँदै आएको थियो ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *