दाङ,भदौ २३ । बाँकेमा एकै दिन दूई जनाको कोरोना संक्रमन बाट मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ निवासी ८० बर्षीया महिलाको मृत्यु पछि कोरोना पुष्टि भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विहान ७ बजे मृत्यु भएको थियो ।
मृतक महिलाको रिपोर्ट भने मंगलवार दिउँसो सवा ३ बजे मात्रै पोजेटिभ आएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनको भदौ २२ गते विहान पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उच्च रक्तचाप र मधुमेह रोगवाट ग्रसित ती महिला भदौ २१ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुन आएकी थिइन ।
मंगलवार विहान सवा ९ बजेतिर मात्रै अर्घाखाँचीका एक जना ४२ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।यो संगै बाँकेमा कोरोना संक्रमनवाट मृत्यु हुनेको संख्या ८ पुगेको फोकल पर्सन श्रेष्ठले बताएका छन् ।