दाङ, भदौ २२ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर प्रबिधिबाट कोरोना परिक्षण सशुल्क हुने भएको छ । प्रतिष्ठानले सार्बजनिक सुचना जारी गरेर अबदेखि स्वेच्छीकरुपमा गर्न चाहनेको पिसिआर प्रबिधीबाट कोरोनाको परिक्षण ससुल्क हुने जनाएको हो ।
प्रतिष्ठानले सरकारले तोकेको मापदण्ड अनुसार ४ हजार ४ सयमा कोरोनाको ससुल्क परिक्षण गर्ने भएको छ । ससुल्क परिक्षणका लागि स्वास्थ्य मन्त्रालय र प्रदेशको सामाजीक बिकास मन्त्रालयले अनुमती दिइसकेका छन । साथै प्रतिष्ठानले सरकारि गाइडलाइन भन्दा बाहीर स्वेच्छीकरुपमा गर्न चाहनेहरुको यो सशुल्क परिक्षण हुने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार