२०८१ माघ १२ गते शनिवार

नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या ३०० पुग्यो

दाङ,भदौ २२ । नेपालमा वितेको २४ घण्टामा कोरोना संक्रमनबाट ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृतकको संख्या ३०० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेले वितेको २४ घन्टामा ११ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन ।

विवतेको २४ घण्टामा नेपाल भर ९ सय ७९ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ७३६ जना कोरोना जितेर घर फर्किएका छन् ।

सोमवार सम्म नेपालमा संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। त्यसमध्य उपचार पछि ३० हजार ६७७ जना घर फर्किएका छन् । सोमवार सम्म नेपालमा १६ हजार २५९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *