२०८१ माघ १२ गते शनिवार

कपुरकोट बजार खुल्यो

दाङ, भदौ २२ । सल्यानको कपुरकोट बजार सोमवार मध्यान्ह १२ बजेदेखि खुलेको छ ।

एकजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संत्रमण पुष्टि भएपछि भदौ १८ गतेदेखि कपुरकोट बजार क्षेत्र सिल गरिएको थियो ।

गाउँ कार्यपालिकाको सोमवार विहान बसेको बैठकले सरोकारवालाहरुको परामर्षका आधारमा बजार खोल्ने निर्णय गरेको हो ।

कपुरकोट गाउँपालिका अन्तर्गत वडा नं ३ मा एक जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि भदौ १८ गते राति १० बजेबाट कपुरकोट बजार क्षेत्र सिल गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले पछिल्लो समय संकलिन नमुनाहरु सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बजार खोल्ने निर्णय भएको जानकारी दिए ।

भदौ १८ गतेदेखि कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय, ३ नं। वडा कार्यालय, तरकारी बजार तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तिय संस्थाहरु बन्द गरिएको थियो ।

सल्यानमा हाल दूई जना संक्रमित मात्रै आइसोलेसनमा रहेका छन् ।

 

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *