२०८१ माघ १२ गते शनिवार

सल्यानमा मास्क कारवाही – एकलाख ६९ हजार राजस्व संकलन

दाङ, भदौ २२ ।   सल्यानमा मास्क कारवाहीवाट आइतवारसम्म एकलाख ६९ हजार राजश्व संकलन भएको छ ।

अटेरी गरि मास्क नलगाई हिड्डुल गर्नेहरुलाई कारवाही गर्दा असार अन्तिमदेखि भदौ २१ गतेसम्म उक्त राजश्व संकलन भएको हो ।

हालसम्म एक हजार ६ सय ९० जनालाई कारवाही गरिएको र त्यसवाट एकलाख ६९ हजार राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रहरीले सल्यानमा असार २७ गतेदेखि मास्क कारवाही सुरु गरेको थियो ।

कोरोना भाइरस महामारी फैलन नदिनको प्रहरीले मास्क कारवाही थालेको छ । गृहमन्त्रालयको आदेशमा मास्क नलगाई हिड्ने जो कोहीवाट प्रतिव्यक्ति एक रुपैंया जरिवाना गरिदै आइएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *