२०८१ माघ १२ गते शनिवार

भिरबाट लडेर घाइते बालिकालाई डाँगी फाउन्डेशनद्धारा रगत सहयोग

तुलसीपुर,भदौ २२ ।  हिरा डाँगी फाउन्डेशनद्धारा भिरबाट लडेर घाइते बालिकालाई रगत सहयोग गरिएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका ५ सिदुरेकी १७ वर्षीय पुजा डाँगी शनिवार भिरबाट लडेर घाइते भएकी थिइन ।

उनलाई उपचारका लागी आइतवार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

खुट्टामा गहिरो चोट लागेर घाइते भएकी डाँगीलाई बि पोजेटिभ रगत अभाव भएपछि हिरा डाँगी फाउन्डेशनका महासचिव प्रवेश भुसालले अस्पतालमै पुगेर रगत सहयोग गरेको फाउन्डेशनका अध्यक्ष प्रकाश डाँगी (बोम) ले जानकारी दिए ।

घाइते पुजा डाँगीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *