२०८१ माघ १२ गते शनिवार

नेपालगञ्जका ५९ बर्षे पुरुषको कोरोना संक्रमनवाट मृत्यु

दाङ,भदौ २२ । नेपालगञ्जमा एकजना पुरुषको कोरोना संक्रमनका कारण मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोना संक्रमनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ निवासी ५९ बर्षीय पुरुषको आइवार बेलुका साढे ८ बजे मृत्यु भएको छ ।

उनको नेपागञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी मुधुमेह र मुटु रोगका विरामी थिए । उनी भदौ १२ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुगेका उनलाई भदौ १५ गते संक्रमन पुष्टि भएको थियो ।

त्यसपछि उनी आफ्नै खर्चमा न्यू इन्द्रेनी होटेलको आइसोलेसनमा बस्दै आएका थिए । त्यही क्रममा भदौ १८ गते स्वास्थ्य अवस्था विग्रिएपछि नेपागञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनी दिउँसो उपचारका लागि शारिएका थिए । त्यही उपचारका क्रममा उनको भदौ २१ गते बेलुका साढे ८ बजे मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *