२०७८ बैशाख ३१ गते शुक्रवार

जाजरकोटका ३ जना १६ केजी अफिमसहित रुकुमपश्चिमवाट पक्राउ परे


दाङ, भदौ २१ । रुकुम पश्चिम प्रहरीले १६ केजी अफिमसहित जाजरकोटका तीन जनालाई पक्राउ गरेको छ । जाजरकोट जिल्लाको नलगार्ड नगरपालिका वडा नं. ९ निवासी ३७ बर्षीय प्रेमबहादुर सिंह, ४० बर्षीय मानबहादुर सिंह र ३२ बर्षीय तपबहादुर सिंहलाई १६ किलो चरेशसहित शनिवार राति ९ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको साधा पोशाकको प्रहरी र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतवाट खटिएको संयुक्त प्रहरी टोलीले रुक्ुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिका वडा नं. ५ जलिडार्डबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु विरुद्ध लागु औषध कारोवारी सम्वन्धि मुद्दा दायर गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *