भदौ २१ । नेपालमा बितेको २४ घण्टामा ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । बितेको २४ घण्टामा १८१४ जना निको भएर डिस्चार्ज भएका छन । हाल सम्म २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।
देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। बितेको २४ घण्टामा कोरोनाबाट ९को कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार