काठमाडौं, भदौ २१ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरोना संक्रमण देखिएको छ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
केही दिनअघि सोही प्रदेशमा कार्यरत् एसएसपी नरबहादुर केसीलाई संक्रमण देखिएपछि अर्यालको स्वाब संकलन गरिएको थियो। रिपोर्ट पोजेटिभ आएपछि आफू आइसोलेसनमा बसेको डिआइजी अर्यालले बताए।
उनको अवस्था सामान्य छ। उनी आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्।
उनको स्वाब बिहीबार परीक्षण गरिएको थियो। उनीसँगै अर्का एक प्रहरी कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको बताइएको छ।
प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार