तुलसीपुर,भदौ २१ । दाङमा नालाको पानीले मुख धुने क्रममा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ ग्वारखोला स्थित खैरेनी चोक बस्ने ६० वर्षीय लिला खड्काको शनिवार दिउँसो सवाँ १ बजे तिर नालाको पानीले मुख धुने क्रममा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।
शनिवार दिउसो सवाँ १ बजे तिर घरदेखि २ सय मिटर दक्षिण तर्फ घोराही तुलसीपुर सडक खण्डको रोडको छेउको नालाको खाल्टोमा जम्मा भएको पानीमा मुख धुनेक्रममा लडेकी खड्का पानीमा डुबेर घाइते अवस्थामा भेटिएपछि उनको उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै यस बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार