२०८३ कार्तिक १४ गते शुक्रवार

दाङमा विहान भर बजार खुल्ने

तस्बिर : राजेश खत्री

तुलसीपुर, भदौ २१ । दाङमा सोमवारदेखि विहान भर बजार खुल्ने भएको छ । आइतवारको जिल्ला संकट व्यवस्थापन समितिकोबैठकले विहान ६ बजेदेखि १२ बजेसम्म बजार खोल्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म बजार खोल्ने र त्यसपछि लकडाउन हुने जानकारीदिए ।

एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतवार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।शनिवारसम्म दाङमा कोरोना संक्रमितको संख्या ९९२ रहेको छ ।

त्यसमध्य ८५७ जना उपचार पछि निको भएर घर फर्किएका र १३३ जना सक्रिय संक्रमितहरु रहेको जानकारी दिइएको छ । दाङका २जना संक्रमितको  हालसम्म मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *