चितवन, भदौ २१ । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर –१५ निवासी ७० वर्षीय वृद्धको उपचारको क्रममा चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
उनी भदौ १२ गते अस्पताल भर्ना भएका थिए । उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।
प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार