२०८१ माघ १२ गते शनिवार

कपाल काट्ने, नेट जोड्नेदेखि होटेल सञ्चालकलाई समेत संक्रमित पुष्टि


तुलसीपुर, भदौ २० । दाङमा कोरोनाको संक्रमन समुदायस्तरमा व्यापक बनिसकेको पुष्टि भएको छ । शनिवार फेला परेका संक्रमितको आधारमा त्यस्तो दाबी गर्ने आधारहरु मिलेका छन् । तुलसीपुरमा कपाल काट्ने नाई सञ्चालकदेखि, होटेल सञ्चालक र थप अन्य स्वास्थ्यकर्मीहरु समेतलाई संक्रमन पुष्टि भएको छ । घोराहीमा वल्ड लिंकका एक कर्मचारी, अरुको घरमा काम गर्न बसेकी केटी, जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत संक्रमन पुष्टि भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार तुलसीपुरमा एक होटेल सञ्चालक, एक जना कपाल काट्ने नाई सञ्चालक,स्वास्थ्य चौकी मानपुर, हेमन्तपुर र पवन नगरका गरि ४ स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीलाई पनि संक्रमन पुष्टि भएको छ । दूई जना भारतवाट आएर होटेलमा बसेका व्यक्तिहरुमा पनि संक्रमन फेला परेको छ ।

घोराही उपमहानगरपालिकाका फोकल पर्सन नारायण घर्तीले दिएको जानकारी अनुसार घोराहीमा एकजना अरुको घरमा काम गर्ने केटी, एकजना वल्र्डलिंकका कर्मचारी, एकजना जिल्ला प्रशासनका कर्मचारीलाई पनि संक्रमन फेला परेको छ ।

घोराहीमा फेला परेका अन्य अधिकाँस संक्रमितहरु भने यसअघि लक्ष्मी बैंकका संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु भएको घर्तीले बताए । लक्ष्मी बैंकका गार्डका परिवारका सदस्यहरुलाई पनि संक्रमन पु्ष्टि भएको छ । यसअघि संक्रमित गार्डका दूई छोरीहरुलाई समेत संक्रमन पुष्टि भएको घर्तीले बताए ।

शनिवार तुलसीपुर र घोराहीमा समान १८-१८ जना र शान्तिनगर गाउँपालिकामा १ जना गरि कुल ३७ जना संक्रमित फेला परेका हुन । शान्तिनगर गाउँपालिकाका संक्रमित पनि तुलसीपुरमै बस्दै आएका व्यक्ति भएको खुल्न आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा १ महिनाको बालकदेखि ७१ बर्ष सम्मका व्यक्तिहरु छन् ।

यो संगै दाङमा संक्रमितको संख्या ९९२ पुगेको छ । त्यसमध्य ८५७ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने हाल १३३ जना सक्रिय संक्रमितहरु जिल्लामा रहेका छन् । हालसम्म दाङका २ जनाको कोरोना संक्रमन वाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *