तुलसीपुर, भदौ २० । दाङमा एकै दिन ३७ जना कारोना संक्रमित थपिएका छन् । शनिवार तुलसीपुर र घोराहीमा समान १८÷१८ जना र शान्तिनगर गाउँपालिकामा १ जना गरि कुल ३७ जना संक्रमित फेला परेका हुन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का २१ बर्षे व्यक्ति , तुलसीपुर ५ का १५, १७, २३ र ४० बर्षका मानिसहरु, तुलसीपुर ६ का २३,३५,४७ र ५० बर्षका व्यक्तिहरु , तुलसीपुर ७ मा १ महिनाको बालकसहित ३१ बर्षेका व्यक्ति , तुलसीपुर ८ मा ३ बर्षका मानिसा, तुलसीपुर १७ मा २५ बर्षका व्यक्ति, तुलसीपुर १८ मा ३० र ४५ बर्षका व्यक्तिहरु , तुलसीपुर १९ मा २८,७१ र ७५ बर्षका व्यक्तिहरुमा संक्रमन पुष्टि भएको छ । त्यसमध्य १० महिना र ८ पुरुष रहेका छन् । प्रतिष्ठानका अनुसार संक्रमित हुने महिलाहरुमा १७, २१, २३,२५,२८, ३०,३१,४५,५० र ७१ बर्षीया महिलाहरु रहेका छन् ।
त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. ५ मा २७ बर्षका एक पुरुषमा पनि संक्रमन पुष्टि भएको छ ।त्यस्तै घोराही १० मा १९,२२,२८,४५,४,७,५२ र ५९ बर्षका मानिहरुमा संक्रमन फेला परेको छ । घोराही ११ मा ४७,५८,५८,६२ बर्षका मानिसहरुमा संक्रमन पुष्टि भएको छ ।
यो दुई वटा वडामा २२,४७,५८,५८ र ५९ बर्षीया महिलाहरुमा संक्रमन फेला परेको छ । त्यस्तै घोराही ६ मा २० बर्षका व्यक्ति, घोराही १७ का १४ र ३० बर्षका व्यक्ति र घोराही १५ का १८,२०,३०,५६ बर्षका व्यक्तिहरुमा संक्रमन पुष्टि भएको छ । जसमध्य १४,१८ र २० बर्षका महिलाहरु हुन ।
यो संगै दाङमा संक्रमितको संख्या ९९२ पुगेको छ । त्यसमध्य ८५७ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने हाल १३३ जना सक्रिय संक्रमितहरु जिल्लामा रहेका छन् । हालसम्म दाङका २ जनाको कोरोना संक्रमन वाट मृत्यु भएको छ ।