२०८३ कार्तिक १४ गते शुक्रवार

शुक्रवार थपिए १३ सय ५९ संक्रमित , १४ जनाको मृत्यु

दाङ,भदौ १९ ।शुक्रबार नेपालमा हालसम्मकै सबै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्  । वितेको २४ घन्टामा  १ हजार ३ सय ५९ जना संक्रमितथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए ।

शुक्रवार समेत गरेर नेपालमा ४४ हजार २ सय ३६ जना संक्रमित पुगेका छन् । त्यस्तै वितेको २४ घण्टामा १ हजार ३ सय ५४ जना उपचारपछि घर फर्किएको डा. गौतमले जानकारी दिए ।

शुक्रवार समेत गरि २५ हजार ५ सय ६१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

त्यस्तै वितेको २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. गौतमले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *