बुटवल, भदौ १९ । बुटवलमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै रुपन्देहीमा शुक्रबार विहानसम्म मृत्यु हुनेकोसंख्या १४ पुगेको छ ।
शुक्रवार विहान ९ बजेतिर बुटवलको कोरोना बिशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत बुटवल ८ मिलनचौक निवासी ७८ वर्षीयपुरुषको मृत्यु भएको छ । उनी ९ दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए । उनमा उच्च रक्तचापको समस्या रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
त्यस्तै शुक्रवार विहान सिद्धार्थनगर नगरपालिकाकाका एक पुरुष र महिला गरि थप दूई जनाको मृत्यु भएको छ ।एकजनाको बुटवलअस्पतालमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका पदाधिकारीले जानकारी दिएका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ निवासी ६४ बर्षीया महिलाको बुटवल उपमहानगरपालिका वडा नम्बर १०रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा शुक्रवार बिहान साढे ८ बजे मृत्यु भएको छ ।
उनी भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन । उनी उच्च रक्तचाप, सुगर र निमोनिया लगाएतका रोगबाट ग्रसित थिइन । भदौ १६ गतेउनलाई कोरोना पुष्टि भएको थियो ।
त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी मृगौलाका बिरामी थिए । उनको शुक्रवार बिहान घरमै मृत्यु भएको हो ।