२०८१ माघ १२ गते शनिवार

सल्यानमा ६ जना फरार प्रतिवादी पक्राउ

दाङ, भदौ १३ । सल्यान प्रहरीले ६ जना फरार प्रतिवादी शुक्रवार पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ५ निवासी ४५ बर्षीय रोषण वली, २० बर्षीय लालबहादुर गिरी, २७ बर्षीय प्रकाश गिरी, ४० बर्षीय युवराज गिरी, ३५ बर्षीय बेलबहादुर गिरी, ४५ बर्षीय झमनसिंह गिरी र ३० बर्षीय दानबहादुर वलीलाई पक्राउ परेका छन् ।

अबैध हातहतियार तथा खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालय सल्यानले उनीहरु सबैका विरुद्ध जनही ६ महिना कैद सजाय तोकेको छ। गत माघ १५ गते सजाय तोकिए लगतै उनीहरु सबै फरार रहँदै आएकोमा शुक्रवार पक्राउ गरि कैद भुक्तानका लागि जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *