दाङ, भदौ ११ । सल्यानमा आफ्नै छोरीलाई जवरजस्ती बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।
शारदा नगरपालिका निवासी ३६ बर्षीय बाबुले मकैबारीमा लगेर आफ्नै ८ बर्षीया छोरीलाई जवरजस्ती बलात्कार गरेको भन्ने जाहेरी परेपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ ।
पीडितको जाहेरीमा साउन २२ गते दिउँसो २ बजेतिर आफ्नै मकैबारीमा आफ्नै छोरीलाई जवरजस्ती बलात्कार गरेको उल्लेख रहेको प्रहरीले जानकारी दिएको छ ।
मकैबारीमा बाबुले छोरीलाई बलात्कार गर्न लागेको बालिकाकी आमाले देखेपछि रहस्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक उमाकान्त जोसीले जानकारी दिए ।
त्यसअघि जेठ २३ गते र असार १६ गतेपनि रुपैंया पैंशा दिएर ललाई फकाई ती बालिका माथि जवरजस्ती बलात्कार हुँदै आएको भन्ने खुल्न आएको जोशीले जानकारी दिएका छन् ।
छोरी घरमा एक्लै भएको मौका छोपी बाबुले नै छोरीमाथि पटक÷पटक बलात्कार गर्दै आएको भन्ने कुरा जाहेरीमा उल्लेख रहेको प्रहरीले बताएको छ ।
अन्तिम पटक मकैबारीमा बलात्कार गर्दै गरेको बालिकाकी आमाले नै देखेपछि उनका पति फरार बनेका थिए ।
त्यसपछि पीडित छोरीसहित प्रहरीमा पुगेर आमाको सहयोगमा भदौ ८ गते पत्निले आफ्नै पतिका विरुद्ध किटानी जाहेरी दिएकी थिइन ।
त्यही जाहेरीका आधारमा खोजी गर्ने क्रममा प्रहरीले आरोपित बाबुलाई भदौ ९ गते राति साढे ८ बजे घर नजिकैबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
आरोपित व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रबक्ता जोशीले जानकारी दिए ।