दाङ, भदौ ११ । बाँकेमा विहीवार विहान थप एक जना महिलाको कोरोना संक्रमनका कारण मृत्यु भएको छ ।
यो संगै बाँकेमा ६ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं। ७ निवासी ७० बर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा विहीवार विहान ११ ः ५० मा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
ती महिलाको दुबै फोक्सोमा निमोनिया भएको र सोही कारण उनको मृत्यु भएको श्रेष्ठले बताए ।
भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना भएकी उनको सोही दिन कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो ।
भदौ ५ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
नेपालगन्जमा उपचाररत ती महिलाको स्वास्थ्य विग्रिँदै गएपछि भदौ ६ गते राति १० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सारिएको थियो ।
भेन्टिलेटरसहितको उपचार सेवाको लागि त्यहाँ सारिएको भएपनि उनको बिहीवार मृत्यु भएको छ ।