२०८२ मङ्सिर २८ गते आइतवार

बलात्कार मुद्दामा १० बर्ष बढी कैद तोकिएका युवा पक्राउ


दाङ, भदौ १० । सामुहिक जवरजस्ती बलात्कार मुद्दामा अदालतले दश बर्ष बढी कैद सजाए तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ निवासी २६ बर्षीय सन्दिप चौधरीलाई सर्बौच्च अदालतले १० बर्ष ३ महिना १९ दिन कैद फैसला तोकेको छ ।

सर्वौच्चले २०७३ साल भदौ २७ गते उक्त फैसला सुनाएपछि चौधरी फरार रहँदै आएका थिए । फरार अभियुक्त खोज तलास गर्दै जाने क्रममा मंगलवार बेलुकी राप्ती गाउँपालिका वडा नं. ३ मसुरियावाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।डिएसपी खड्काका अनुसार पक्राउ परेका चौधरीलाई बुधवार तोकिएको सजाय भुक्तानको लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *