२०८३ असार २८ गते आइतवार

रुकुमा लागु औषध कारोवारी समात्न प्रहरीले गोली चलायो

दाङ, भदौ १० । रुकुम प्रहरीले एकजना लागु औषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागेर रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नं। ११ का २५ वर्षीय निर्मल पुन घाइते भएका छन् ।

मंगलवार दिउँसो ३ बजेतिर पुनलाई पक्राउ गर्ने क्रममा मुसिकोट नगरपालिका वडा नं। ४ ठाराढुङ्गा भन्ने ठाउँका प्रहरीले पुनमाथि गोली प्रहार गरेको थियो ।
पुनमाथि रुकुम–पूर्वबाट खटिएको प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक हरि वलीले जानकारी दिए ।

पुनको हिपमा गोली लागेको छ । घाइते पुनलाई रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा प्रारम्भीक उपचारपछि थप उपचारका बाँके रिफर गरिएको छ ।

लागुऔषधका कारोवारीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै घरेलु हितयारले आक्रमणको प्रयास भएपछि प्रहरी आत्मरक्षाको लागि गोली चलाउन बाध्य भएको प्रहरी निरिक्षक वलीले बताए ।

लागु औषध कारोवारीको आक्रमणबाट रुकुम पूर्वका एकजना प्रहरी जवान संदिप पन्थी घाइते भएका छन् ।

पन्थीको खुट्टामा ढुंगाले हानेको गहिरो चोट लागेको छ।
त्यसपछि लागुऔषध कारोवारी र प्रहरीका बीचमा झडप भएको थियो । त्यही झडपका क्रममा प्रहरीले गोली चलाएको थियो ।

लागु औषध कारोवारीलाई नियन्त्रणमा लिन रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोली परिचालन भएको थियो ।

रुकुम पूर्वमा अफिमसहित पक्राउ परेकाहरुको बयानको आधारमा कारोबारी पछ्याउँदै जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरिक्षक दिनेश गुरुङको नेतृत्वमा प्रहरी टोली रुकुम पश्चिमसम्म आइपुगेको थियो ।

प्रहरीले घाइते पुनसँगै सोही वडाकी ३५ वर्षीया लक्ष्मी पुनलाई पनि नियन्त्रणमा लिएको छ । लागुऔषध कारोवारी मध्य २८ वर्षीय जयप्रकाश पुन भाग्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *