दाङ, भदौ १० । कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ ।
मंगलवार काठमाडौं, महोत्तरी र बाराका दुई ÷ दुई जना र पर्सा, रुपन्देही र कैलालीका एक÷ एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।काठमाडौंकी ७१ वर्षीया महिला र ६६ वर्षी पुरुषको मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिस्वा नरगरपालिका–३ का ७५ वर्षीय बृद्ध र जिल्लाको बलबाका ७७ वर्षीय बृद्धको मृत्यु भएको छ ।
त्यस्तै बारा जिल्लाको सुवर्ण–४ का ७२ वर्षीय पुरुषको कोरोना अस्पताल गण्डकमा मृत्यु भएको छ ।
बाराकै महागढीमाई–४ का ५९ वर्षीय पुरुषको पनि गण्डकमै मृत्यु भएको छ ।
पर्सा सुपौलका ६८ वर्षीय पुरुष, रुपन्देहीका ५३ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।
३५ बर्षीय पुरुष भने काम गर्ने क्रममा घरको छतबाट लडेर युनिभर्सल मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको थियो ।
त्यस्तै साउन ३२ गते मृत्यु भएका कैलालीको बर्दगोरिया–५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार ८ सय ५५ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ८५५ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो ससँगै संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १ सय ९९ उपचार पछि घर फर्किएका छन् ।
मंगलवारसम्म देशभर १४ हजार २ सय ५० संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिएको छ ।