भक्तपुर,भदौँ ८ । बुटवलको कोरोना संक्रमित पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको छ । ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
‘मिर्गौला रोगबाट पीडित उहाँलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि ल्याइएको रहेछ’ जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले भने, ‘उहाँको आइतबार मृत्यु भएको हो ।’
उनका अनुसार शव व्यवस्थापन भइसकेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार