२०८२ चैत्र २ गते सोमवार

भदौ १६ गतेवाट अन्तराष्ट्रिय उडान गर्ने तयारी


काठमाडौं, भदौ ६ । सरकारले भदौं १६ गतेबाट नियमित अन्तराष्ट्रिय उडान गर्ने बताएको छ । त्यसका लागि उडान तालिका पर्यटन मन्त्रालयले प्रकाशित गर्ने भएको छ ।पिसिआर परीक्षण नेगेटिभ भएकाहरुले मात्रै यात्रा गर्न पाउने भएका छन् ।

यात्रु सात दिन होटलको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ। स्वास्थ्य परीक्षणपछि होटलबाट गए पनि थप १४ दिन होम  आइसोलेसनमा बस्ने लिखित सम्झौता गर्नेहरुले मात्रै यात्रा गर्न पाउने छन् । सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउन मार्फत यात्रु ल्याउन नपाइने निर्णयपनि गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडान मार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *