घोराही, भदौ १ । नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति महेन्द्र बहुमुखी क्याम्पस दाङले सोमवार क्याम्पसमा ताला लगाएको छ ।
पक्राउ परेका आफ्ना नेताहरुको रिहाईको माग गर्दै नेविसंघले केन्द्रीय कार्यक्रम अन्तर्गत क्याम्पसमा ताला लगाएको इकाई अध्यक्ष शिवराज खनालले जानकारी दिए ।
क्याम्पसमा तालावन्दी गरेपछि इकाई सभापति शिवराज खनाल र सचिव कुलराज प्रोख्रेरले विज्ञप्ति मार्फत विद्यार्थी हकहितका लागि उठाएका मागहरूका बारेमा वार्ताको लागि पहल गर्न जाँदै गर्दा सम्झना खत्री लगायत त्रिवीका आठ नेताहरूलाई पक्राउ गरिएको प्रति आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा विरगञ्जमा कोरोना सङ्क्रमितको उपचारमा भएको लापरवाही तथा कारणबाट मृत्यु भएकाहरूलाई क्षतिपूर्ति दिन माग गर्दा पक्राउ परेका नेविसंघ नेता विकास तिवारीलाई रिहा गर्न माग पनि गरिएको छ ।
तिवारीलाई झुठा मुद्दा लगाई फसाउन खोजिएको नेविसंघको आरोप छ ।