तुलसीपुर, भदौ १ । केही दिन पहिले मात्रै मनोनित गरिएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का नेपाल तरुण दलका अध्यक्ष जिबी जिएमले पदवाट राजिनामा दिएका छन् ।
जिएमले सोमवार एक विज्ञप्ति प्रकासित गरि आफुले राजिनामा दिनुको कारण पनि खुलाएका छन् ।
उनले विज्ञप्तिमा पहिले नै तुलसीपुर ५ मा तरुण दल वडा कार्यसमिति रहेको मात्रै उल्लेख गरेका छैनन् पुरानै कार्यसमिति नै विधिवत रुपमा गठन भएको स्पष्ट उल्लेख समेत गरेका छन् ।
साथै उनले भविष्यमा पनि नेपाल तरुण दलको विधि र विधानमा रहेर आफु चल्ने उनले उल्लेख समेत गरेका छन् ।
गत साउन २३ गते मात्रै तरुण दल दाङका अध्यक्ष टिका घर्तीले उनलाई वडाध्यक्षमा मनोनित गरेको सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए ।
सोही दिन पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि बिरुद्ध तुलसीपुरमा आयोजित विरोध कार्यक्रममा आउनेलाई रोकेको तथा आफु समेत उपस्थित नभएको जस्ता कारणहरु देखाई जिल्ला अध्यक्ष घर्तीले तरुण दल वडा नं. ५ का अध्यक्ष सुनिल डाँगी र वडा नं. ६ का तरुण अध्यक्ष राजकुमार महतरालाई कारवाही गरेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।
जसको विरोध तरुण दल भित्रैपनि सुरु भएको छ । साविक क्षेत्र नं. ४ का तरुण दलका अध्यक्ष रमेश मल्ल र ५ का अध्यक्ष ललित पाण्डेले जिल्ला अध्यक्ष घर्तीको कदमको बिज्ञप्ती मार्फत विरोध गरेका थिए ।