२०८३ असार ३२ गते बिहिवार

रोट्याक्टले २ सय ५० जना श्रमिकलाई सास्थ्य सामाग्री बाँड्यो

शरद रेग्मी, तुलसीपुर,भदौ १ ।  तुलसीपुरका मजदुरहरूलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।

दाङको तुलसीपुरमा विभिन्न क्षेत्रमा श्रमिकको रूपमा काम गर्दै २ सय ५० जनालाई केएन नाइटी फाइभ मास्क, सेनिटाइजर र वर्किङ ग्लोब्स वितरण गरिएको छ ।

रोट्याक्ट क्लव तुलसीपुरको नेतृत्वमा रोटरी क्लवको समेत सहयोगमा मदजुरहरुलाई कोरोना भाइरसको महामारीवाट जोगाउन ती स्वास्थ्य सामाग्री वितरण गरिएको रोट्याक्ट क्लव तुलसीपुरका अध्यक्ष प्रमिस लामिछानेले जानकारी दिए ।

श्रमिकहरू सुरक्षित भए मात्रै समुदाय र अन्य व्यक्तिहरू कोरोनाबाट सुरक्षित हुन सक्ने निस्कर्षका साथ विभिन्न क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरूलाई स्वास्थ्य सुरक्षा सामग्री निशुल्क रुपमा वितरण गरिएको अध्यक्ष लामिछानेले बताए ।

क्लवले रिक्सा मजदुर, ट्रान्सपोर्ट मजदुर, ज्यालादरी मजदुर, पूर्वाधार निर्माणमा काम गर्ने र गाडीमा काम गर्ने मजदुरलाई कार्यस्थलमै पुगेर ती सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले यो काम गरेका छौं’ अध्यक्ष लामिछानेले भने, ‘ हामीले समुदायलाई सहयोग मात्रै नभएर कोरोना सचेतना र जानकारी समेत गराइरहेका छौं।’

कोरोनाबाट जोगिन सबै नागरिकले आवश्यक स्वस्थ्य सुरक्षाविधि अपनाउन आवश्यक रहेको लामिछानेले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *