रोल्पा, साउन ३२ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा एक महिनाको अवधिमा झन्डै एकसय जना जति मानिसहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेका छ्न । यसरी पार्टी प्रवेश गर्नेहरुमा अधिकाँस सत्तारुढ दल नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रर्बेश गर्नेहरु रहेका छन् । नेकपा परित्याग गरि नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुले नेकपाले जनजिविकामा चासो नदिएको, दण्डहिनता मौलाएको, भ्रष्टचार मात्रै बढेको, विकाश निर्माणको काम नभएको हुँदा उक्त पार्टी परित्याग गरेको बताउने गरेका छन् ।
रुन्टीगढी गाउँपालिका शिक्षक संगठनका सदस्य हर्कबहादुर पुनको नेतृत्वमा खम्बे बुढा,चन्द्रबहादुर पुन बुद्धिराम बुढा, कमलराज पुन लगायतका हालसालै काँग्रेसमा पार्टी प्रवेश गरेका छन् ।सोही ठाउँका लुद्रमनि घर्ती, रेगबहादुर घर्ती मगर, एकराज पुन लगायत ८ जना, गाउँपालिकाको वडा नम्बर ८ का तिलबहादुर परियार, शान्तराज परियार, राजेश पुन,शुरेश पुन, बलवीर घर्ती, लाटा सार्की, हुकुम पुन, आमबहादुर घर्ती, ललितबहादुर सार्की, रामसिंह घर्ती, जितबहादुर परियार लगायत १८ जना नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेको स्थानीय जनक पुनले जानकारी दिएका छ्न ।
त्यस्तै गाउँपालिकाको वडा नम्बर ४ खोलबहादुर घर्ती, रामबहादुर घर्ती, नुमराज परियार, सुरेन्द्र सेन, वडा नं.३ का पुर्णबहादुर राना ,लक्षिराम पुन, भिमकुमार घर्ती , जोगेन्द्र बिक, भिमबहादुर हमाल , बिरेन्द्र हमाल, रोमप्रसाद पुरी , मुमासिंह बिक , तीलबहादुर बिक,शोभाराम पुरी, बालराम घर्ती , कबिराम बुढा, पुर्णबहादुर घर्ती , मोखलाल पुन लगायत १८ जना काँग्रेसमा पार्टी प्रवेश गरेका छन् ।
त्यस्तै वडा नं. ५ का टोपेन्द्र घर्ती र हरि बिकको नेतृत्वमा २३ जना, वडा नं. ७ मा प्रबिण रेउले, हेमराज चलाउने, ओबराज पुन ,प्रेम घर्ती , प्रकाश पुन, महेन्द्र घर्ती ,सुमन पुन, रमेश पुन ,कुमार खड्का, टेकलाल पुन, चन्द्रबहादुर रोका, भिमकुमार रसाइली,गणेश बिक सहित १३ जना नेपाली काँग्रेस पार्टीमा पार्टी प्रबेश गरेका छन् ।