२०८१ बैशाख ६ गते बिहिवार

पर्सामा पत्रकारसहित थप ४५ जनामा कोरोना

पर्सा,साउन ३२ । पर्सामा एक पत्रकारसहित थप ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति आएको पीसीआर रिपोर्टमा पर्साका ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमित हुनेमा ८ वर्षका बालकदेखि ७० वर्ष उमेरका का ३५ जना पुरूष र १० जना महिला रहेका छन् ।

एभिन्युज टेलिभिजनका पर्सा जिल्ला संवाददाता राजन रौनियारमा पनि संक्रमण भेटिएको हो ।

यस्तै नारायणी अस्पतालमा कार्यरत ७ जना कर्मचारी, प्राइम फर्मा उद्योगका ६ जना पुरुष कर्मचारी, बयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियूमा अपचाररत २२ वर्षका १ जना पुरुष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर डाक्टर नीरज सिंहले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका १३ जना सर्वसाधरण र पर्सा जिल्लाको पोखरिया नगरपालिकाको विभिन्न वडाका १२ जना, पर्सा जिल्लाकै बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ वर्षका १ जना पुरुषमा पनि शनिबार राति संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *