२०७८ बैशाख २८ गते मङ्गलवार

बुटवल उपमहानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन


साउन ३०। बुटवलमा गएरातिबाट लकडाउन सुरु भएको छ । लकडाउन भदौ ५ गते राति १२ बजे सम्म कायम रहने बुटवल उपमहानगरपालिकाले जनाएको छ । समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि जोखिम बढेको भन्दै बुटवलमा एक हप्ता लकडाउन गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

लकडाउन भएपछी अत्यावश्यकबाहेक सबै पसल तथा व्यवसाय बन्द भएका छन् । खाद्यान्न पसल बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र खुल्न पाउनेछन् । सार्वजनिक र निजी गाडी चलाउन पाइने छैन । तरकारी बोक्ने गाडी परिचयपत्र देखाएर मात्र सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरु ५० प्रतिशत जनशक्ति राखेर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनुमति लिएर खोल्न पाइने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *