२०७८ बैशाख ३१ गते शुक्रवार

तुलसीपुरमा गत आर्थिक वर्षमा ९५ प्रतिशत योजना सम्पन्न


तुलसीपुर,साउन २७ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । विभिन्न खालका ७ सय ३० योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको हो । जुन कुल योजनाको करिब ९५ प्रतिशत हुन आउँछ । ३९ योजना यो आर्थिक वर्षमा सम्पन्न हुन सकेनन् ।

असारमा मात्रै विकास गर्ने अवधारणालाई परिवर्तन गरेर तुलसीपुरले गत आर्थिक वर्षबाट प्राथमिकता निर्धारण गरेर योजना अगाडि वढाएका कारण समयमै योजना सम्पन्न गर्न सकिएको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । उनले कोरोनाका कारण केही योजनाको रकमान्तरण गर्नुपरेपनि त्यसको संख्या न्युन रहेको जानकारी दिए ।

योजना शाखाका प्रमुख टेकवहादुर खड्काका अनुसार गत आर्थिक वर्षमा ४ सय ५७ वटा वडास्तरिय योजनाहरुमा ४ सय ४७ योजना सम्पन्न भएका छन् भने ३८ वटा बहुवर्षिय आयोजनामा ३७ वटा सम्पन्न भइरहेका छन् ।

निर्वाचन क्षेत्र नम्वर ३ को स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत १० वटा योजनामा सबै योजनाहरु सम्पन्न भने क्षेत्र नम्वर ३ को पनि ५ वटा योजनामा सबै योजनाहरु सम्पन्न भएका छन् । तुलसीपुर उपमहानगरपालिका दूवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गर्दछ ।

संघीय सरकारको ससर्त अनुदान अन्तर्गत शिक्षा तर्फ १० वटा भवन निर्माणका योजनाहरुमा सबै योजनाहरु सम्पन्न भएको पनि योजना शाखाले जानकारी दिएको छ । संघीय समपुरक अन्तर्गतको एउटा योजना पनि सम्पन्न भइसकेको छ ।

उपमहानगरपालिकाले सम्पन्न गरेको योजनाहरुमा सिँचाइतर्फ १ सय ३९, खानेपानी तर्फ ६१, भवनका १ सय ९९, अन्य कार्यक्रमतर्फ १ सय ६७ योजनाहरु रहेका छन् । यसैगरी संघीय सरकार विशेष अनुदान अन्तर्गत ४ वटामा ३ योजना, प्रदेश समपुरक अनुदानमा २ वटामा १ जना, प्रदेश सशर्त अनुदान १२ वटामा ११ वटा सम्पन्न भएका छन् । प्रदेश विशेष अनुदान २ वटामा २ वटा, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत २ वटा योजना, तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ४ वटा योजनामा ३ वटा योजना, गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३ वटा योजनामा ३ वटा सम्पन्न भएको योजना प्रमुख खड्काले जानकारी दिए ।

संघीय सरकारको कार्यक्रम अन्तर्गत ९ वटा वडामा उर्जा सोलार बत्ति जडानको काम पनि सम्पन्न भएको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको एउटा योजनामा सम्पन्न भइसकेको छ भने सडक बोर्डका २ वटा योजना पुरै बाँकी रहेका छन् ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *