तुलसीपुर, साउन २६ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेका छन् । छिमेकी जिल्लाहरुमा संक्रमण व्यापकरुपमा फैलिएको उल्लेख गर्दै उनले लापरबाही गरे भयावह अवस्था आउन सक्ने समेत संकेत गरेका छन् ।‘हाम्रा छिमेकी जिल्लाहरुमा भने यसले निकै भयावह अवस्था सृजना गरेका कारण हामीले बेलैमा सचेतना अपनाउन सकेनौ भने अवस्था गम्भिर हुने देखिन्छ,’ पाण्डेले उल्लेख गरेका छन् ।
सार्वजनिक यातायातमा यात्रा गर्दा, कार्यक्रममा सहभागि हुँदा, बजारमा किनमेल गर्दा या घर बाहिर निस्कँदा अनिवार्यरुपमा सामाजिक दुरीको पालना गर्न तथा अनिवार्य मास्कको प्रयोग गर्न उनले अनुरोध गरेका छन् । ‘हामीले गर्ने सानो हेलचक्राईले हामी मात्रै होइन हाम्रो परिवार, समाज र देशलाई समेत प्रभाव पार्छ,’ पाण्डेले भनेका छन् ‘ कोरोना संक्रमण नफैलियोस् भन्नका लागि फेरि सबै नगरवासी संवेदनशिल हुनुपर्ने समय आएको छ।’
साथै उनले कोरोनाको लक्षण देखिएना साथ जनस्वास्थ्य शाखा वा पैसा नलाग्ने टोल फ्री नम्वर १६६०८२५२००० मा फोन गर्न सबै नगरवासीलाई अपिल गरेका छन् ।