यमकला भुसाल,
तुलसीपुर, साउन २६ । कोराना महामारीबाट बच्न स्वएंम व्यक्ति नै सजक हुनुपर्ने बक्ताहरुले बताएका छन । तुलसीपुर नगर जेसिज वर्ष २०२० को साताव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन सोमबार तुलसीपुरमा भएको कोरोना कहर र सफल अवतरण विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले त्यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामिछानेले सबै भन्दा पहिले व्यक्ति सजग भए मात्रै कोरोनालाई हराउन सकिने तर्क गरे ।
मासिनका सोच,आचरण,बानी र व्यवहार परिवर्तन गर्न जरुरी रहेको तथा बढी भन्दा बढी सचेतना फैलाउन आवश्यक रहेको उनले बताए । कार्यक्रममा वरिष्ठ बालरोग विषेशज्ञ डा. किशोर खत्रीले कोरोना कहरबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भएको हुँदा अभिभावकले सावधानी अपनाउन जुरुरी रहेको तर्क गरे । कोरोना भाइरसका कारण बालकालिका घरमै थनिनु पर्दा मानसिक तनावमा परिरहेको भन्दै राम्रो काउन्सिलिङको आवश्यक्ता औंल्याए ।
‘कोरोनाबाट बच्ने उपाए भनेकै आफु भिडभाड र धेरै व्यक्तिको सम्पर्कमा नजानु हो,’ उनले भने ‘ त्यसको लागि नियमित मास्क लगाउनु, साबुन पानीले हात धुनु वा स्यानीटाइजर लगाउनु अति आवश्यक छ।’कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले सरकारले विना सावधानी कोरोना कहरका बीच कर उठाउने माध्यम मात्र बनाएको भन्दै विरोध जनाए ।जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै कर अशुल्ने नियत राज्यले राखेको उनले बताए । सरकारले व्यवसायीहरुको मर्का बुझ्न नसकेको सचिव केसीले गुनासो गरे ।
त्यस्तै गोरखा मावि तुलसीपुरका प्रध्यानाध्यापक विजय जिएमले मानिसको महत्वपुर्ण अंग शिक्षा क्षेत्र पछिल्लो समय धरासाही बन्दै गएको र यस तर्फ स्थानीय÷प्रदेश र संघीय सरकार मौन बसेको गुनासो गरे ।यातयात, मालपोत, विद्युत, कर, टेलिकम लगाएतका भिडभाड हुने सरकारी संस्थाहरु सञ्चालनमा आउँदा समेत विद्यालय सञ्चालन नहुनु दुःख्द पक्ष भएको बताए ।
तुलसीपुर शिक्षा संयोजक देवराज विश्वकर्माले भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने सरकारको निर्णय बमोजिम छलफल भइरहेको बताए । केही विद्यालयहरुमा क्वारेन्टिन राखिएका कारण पनि विद्यालय सञ्चालनमा समस्या रहेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका वित्तिय अधिकृत ललितबहादुर घर्तीले कोरोनाबाट जोगिन सबै व्यक्तिले विषेश सावधानी नपनाउने हो भने स्थिति झनै विग्रेर जाने चिन्ता जाहेर गरे ।
तुलसीपुर नगर जेसीज वर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष दिपेश भण्डारी,मेघराज घिमिरे,वर्ष २०१९ का प्रबक्ता नारायण भट्राई,पत्रकार सर्मिला डिसी,नारायण भण्डारी लगाएतले मनतब्य राखेका थिए । अन्तरक्रिया कार्यक्रमका संयोजक कमलप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जेसीज वर्ष २०२० का महासचिव केशवराज केसीले गरेका थिए ।